सगरमाथा र लुम्बिनी जनरल मर्जरमा जाने पक्का: स्वाप रेसियो १००:८०, सांगठनिक संरचना कस्तो ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स कम्पनी मर्जरमा जाने पक्का भएको छ ।
यी दुवै कम्पनी एक आपसमा गाभिनका लागि मंगलबार अन्तिम मर्जर सम्झौता पत्रमा हस्ताक्षर भएको गरेका छन् । होटल र्याडिसनमा आयोजित एक कार्यक्रम यी दुवै कम्पनीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन ।
दुवै कम्पनी स्वाप रेसियो भने १००ः८० कायम हुनेछ । मर्जपछि बन्ने नयाँ कम्पनीको नाम भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहनेछ । मर्जर सम्वन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिने बताइएको छ ।
नयाँ कम्पनीको संचालक समितिको अध्यक्षमा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट बन्ने सहमति भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सगरमाथा इन्स्योरेन्सको तर्फबाट चंकी क्षेत्री बन्नेछन् ।
संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहनेछ लुम्बिनी जनरल इन्स्योन्सका कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।
दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनसस ेयर वितरण पश्चात स्वाप रेसियो गणना मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ कायम रहनेछ ।