दुई दर्जन लघुवित्तको सेयर किन्दा लाभांश खान पाउने, कुनले कति दिदैँछ बोनस र नगद ?

काठमाडौं । संचालनमा रहेका मध्ये तीन दर्जन लघुवित्त वित्तीय संस्थाहरु लाभांश घोषणा गरेका छन् । हालसम्म ३४ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् ।
यीमध्ये ९ वटा लघुवित्तले साधारण सभा समेत सम्पन्न गरि सकेछन् । हालसम्म आरएसडिसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, साधना लघुवित्त, सिवाईसी नेपाल, गुराँस , मिर्मिरे लघुवित्त, आँधिखोला र मेरो माइक्रोफाइनान्सको लाभांश साधारणसभाबाट पारित गरी सकेका हुन् ।
लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीहरुले साधारण सभा बोलाएका छैन । हालसम्म २४ वटा लघुवित्तले साधारण सभा र बुक क्लोजका लागि मिति तय नगरेका हुन् । यी २४ वटा कम्पनीको सेयर खरिद गर्दा भने लाभांश प्राप्त गर्न सकिनेछ । कम्पनीहरुको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारि गरेपश्चात सेयरधनीहरुलाई वितरण हुने गर्दछ ।
कम्पनीहरुले साधारण सभा, लाभांश वितरण, हकप्रद सेयर जारी गर्दा बुक क्लोज गर्ने प्रावधान छ । सोहीअनुसार हालसम्म साधारण सभा र बुक क्लोजको तय नगरेका कम्पनीहरुको लाभांश खरिदमा लाभांश प्राप्त गर्न सकिनेछ ।
९ वटा लघुवित्तको साधारण सभाले पारित गर्यो लाभांश
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औंं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकोे आफ्नो १०औं वार्षिक साधारण सभाले सेयर नीहरुलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) लागि गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । उक्त प्रस्ताव पुष ३० गते बसेको वार्षिक साधारण सभाले पारित गरी सकेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियोे । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा लाभांश पारिद गर्दै सम्पन्न भइ सकेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ प्रतिशत बोनस र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरि दुई संस्था प्राप्ति गरि एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांश नदिने भएको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १।५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ९कर सहित० गरी जम्मा २० प्रतिशत लाभांश पारित गरेको छ ।
बुक क्लोज नगरेका २४ लघुवित्त
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ४.७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीका ६१.७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सबैको लघुवित्त वित्तयि संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १.६३ प्रतिशत नगद लाभांश गरी कूल ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस र १.०५२६ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको १२ प्रतिशत बोनस ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस दिने निर्णय गरेको छ ।
सर्पोर्ट लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशत लाभांश दिने भएको छ ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९४७३६८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुत्तापूँजीको १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुत्तापूँजीको २२ प्रतिशत बोनस र ३.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ ।
स्वारोजगार लघुवित्त वित्तीय संस्थ लिमिटेडले हाल कायम रहेको चुत्तापूँजीको २२ प्रतिशत बोनस र १.१५७९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस र ११.०५६३२ प्रतिशत नगद (कर प्रयोजन) का लागि गरी कुल २१.०५२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडल ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि कुल ४३ करोड ९० लाख ५ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बुक क्लोज गरी सकेको लघुवित्त
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १७ गते बुक क्लोज गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ ।