बिपिडब्लु लघुवित्तले आइतबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने « Arthapath.com
२० माघ २०७९, शुक्रबार

बिपिडब्लु लघुवित्तले आइतबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भने फागुन १८ गतेदेखि मात्र खुला गर्ने छ ।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ । जारी पुँजीको ०।५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । माग बमोजिको आवेदन नपरेको खण्डमामा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्