दिर्घकालिन र उच्च प्रतिफलका लागि म्युचुअल फण्ड: ‘सनराइज इक्विटी फोक्सड’ले वार्षिक २९% प्रतिफल दिन्छ: सीईओ श्रेष्ठको अन्तर्वार्ता « Arthapath.com
२२ माघ २०७९, आईतवार

दिर्घकालिन र उच्च प्रतिफलका लागि म्युचुअल फण्ड: ‘सनराइज इक्विटी फोक्सड’ले वार्षिक २९% प्रतिफल दिन्छ: सीईओ श्रेष्ठको अन्तर्वार्ता



काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज इक्विटी फण्डको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गरेको हो । कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन मार्फत बिक्रीमा ल्याएको छ । सो इकाईमा लगानीकर्ताले माघ २४ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । प्रस्तुत छ सनराइज इक्विटी फोक्सड फण्ड कस्तो हो ? यसमा लगानी किन गर्ने ? र यसले दिन सक्ने प्रतिफल लगायतका विषयमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठसंग अर्थपथले गरिएको कुराकानी:

सनराइज क्यापिटलले सनराईज इक्विटी फोक्सड फण्ड निष्काशन गर्नु भएको छ, के म्युचुअल फण्ड निष्काशनको उपयुक्त समय हो ?

हो, म्युचुअल फण्ड निष्काशनको उपयुक्त समय नै हो । जुन समयमा बिक्री गर्न गाह्रो हुन्छ या पब्लिकमा सेयर किनौं भन्ने लाग्दैन, त्यो समयमा निकालेको अधिकांश फण्डको प्रतिफल नै उच्छ । जस्तो हाम्रो फस्ट म्युचुअल फण्ड पनि यस्तै समयमा निकालेका थियौं । जुन बेला बिक्री गर्न गाह्रो भएको थियो । तर, त्यसले डेढ वर्षमै न्याब २० रुपैयाँ पुर्याउन सफल भएको थियो । त्यो भनेको अहिले इन्डेक्स ३२०० को घटेर २ हजार २२०० इन्डेक्समा छ । हामीले म्युचुअल फण्ड सुरु गरेर लगानी गर्ने एकदम उचित समय हो ।

सनराइज क्यापिटलले ल्याएको फण्डहरु विगतमा त्यत्ति राम्रो रिटर्न दिन सकिरहेको छैन भनिन्छ नि ?

त्यस्तो होइन, जुन कुरा सुनिएको छ त्यो गलत हो । किनभने हाम्रो सनराइज फस्ट म्युचुअल फण्ड निकालेर १० रुपैयाँको न्याव २० रुपैयाँ पुगेको थियो, त्यो पनि डेढ वर्षभित्र । तीन वर्षमा हामीले ६९ प्रतिशत रिटर्न दिईसकेका छौं । र आजको दिनमा त्यो साढे १२ रुपैयाँ न्याव छ । त्यसको वार्षिक औषत प्रतिफल हेर्यो भने ३० प्रतिशत भन्दा बढी छ । सनराइज भन्दा अगाडिको एनसीएम म्युचुअल फण्डले निकालेको त्यो त झन औषतमा वार्षिक ४५ प्रतिशत प्रतिफल दिएका छौं, र दोस्रो आएको फस्टपछि सनराइज म्युचुअल फण्ड आएको थियो । त्यो निकालेको समय पनि २८/२९ सयको इन्डेक्सको समय थियो, बजार ३० देखि ४० प्रतिशतसम्म घट्यो । तर, हाम्रो न्याव मात्र १२ प्रतिशत घटेर ८ रुपैयाँ ८० पैसासम्म आएको थियो । आजको दिनमा त्यो पनि ९ रुपैयाँ ६७ पैसा छ, २२ सयको इन्डेक्स पनि माथि जाने हो भने त्यो १० रुपैयाँ तुरुन्त आउँछ । सनराइज म्युचुअल फण्डले पनि आउने असार मसान्तसम्ममा केही नाफा गरि १० देखि १५ प्रतिशतसम्म रिटन दिने हाम्रो योजना छ ।

सनराइज इक्विटी फोकस्ड फण्ड कस्तो हो यसको बारेमा अलि कति बताइदिनुहोस् न ?

सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्काशन गर्न लागेको योजना हो । यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक र व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । यो एक बन्दमुखी योजना हो, यो इक्विटी ओरिण्टेड फण्ड हो । हामीले ८५ प्रतिशतदेखि १०० प्रतिशतसम्म इक्विटी स्टकमा लगानी गछौं । बाँकी १० प्रतिशत हामीले राख्छौं र ५ प्रतिशत कलमा राख्छौं । हामीले फोकस्ड भनेको मुख्य कारण चाँहि ३० वटा उच्च प्रतिफल दिने स्टकमा फोकस गर्छौ । त्यसमा १० वटा चाँहि विगत ५/६ वर्षदेखि राम्रो रिटन दिएको स्टकमा लगानी गर्छौै । नचे अर्को २० वटा कम्पनी भने जसको विजनेश एक्सपानसन धेरै ग्राथ देखिन्छ र आगामी दिनमा राम्रो प्रतिफल दिन सक्छ । यसल सुचीकृत कम्पनीहरुको बजार पुँजीकरणका आधारमा विभिन्न उच्च बजार पुँजीकरण भएका मध्यम बजार पुँजीकरण तथा स्मल क्याप स्टक कम्पनीहरुमध्येबाट उच्च प्रतिफल प्रदान गर्न सक्ने र भविष्यमा व्यवसायिक आकारमा उच्च वृद्धि हासिल गर्न सक्ने ३० वटा कम्पनीहरुमा विशेष केन्द्रित भई लगानी गर्दछ । पुँजी बजारमा आउने गतिशिलताको वृहत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरि सूचीकृत कम्पनीहरुको आधारभुत तथा प्राविधिक विश्लेषण पश्चात धितोपत्रहरुमा लगानी गरि इकाई धनीलाई नियमित प्रतिफल प्रदान गर्दै सम्पत्ति अधिकिकरण मा यस योजनाले जोड दिन्छ ।

यो इक्विटी फण्डमा जुन तपाई फोकस्ड इक्विटी भन्नु भयो, अहिले इक्विटी मार्केट भनेको विशेषगरि क्यापिटल मार्केट एकदमै क्रपकेशन भईरहेको बेलामा तपाई इक्विटी होल्डरलाई रिटन कसरी दिनसक्ने एक्सपेक्ट गर्नुभएको छ, च्यालेन्ज छैन यसमा ?

चुनौति हरेक क्षेत्रमा छ । झन् देशको अहिलेको परिस्थतिअनुसार त ठुलै च्यालेन्ज छ । तैपनि म्युचुअल फण्ड भनेकै कम रिक्स भएको टुल्स हो । सेयरमा लगानी गर्नुभन्दा म्युचुअल फण्डमा लगानी गर्नु राम्रो । हामीले विभिन्न कम्पनीहरुको लेखाजोखा गरेर,पुराना तथ्याङक डेटाहरु हेरेर, अनुन्धानबाट आएको डाटा हेरेर सुरक्षित लगानी गरि उच्च प्रतिफल प्रदान गरि रिटन दिन सक्ने गरि हामी म्यानेज गर्ने भएकोले यो समयमा हामीले यस फण्डलाई चलाउन सकियो भने धेरै नै राम्रो हुन्छ ।

यो कस्तो योजना हो, आम लगानीकर्ताले यसमा किन लगानी गर्ने प्रष्ट पारिदिनुहोस् न ?

विशेषतः यो एउटा सामुहिक लगानी कोष हो, जसले लगानीकर्ताहरुबाट संकलित रकममा ३० वटा कम्पनीहरुमा लगानी गर्छ । यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उत्तार चढावले असर गर्दैन र तुलनात्मक रुपमा पनि सुरक्षित हुन्छ । यस योजनाको प्रमुख उदेश्य भनेको नै उच्चतम प्रतिफल दिने कम्पनीहरुको सेयर तथा अधिकता प्रतिफल प्राप्त हुने अन्य धितोपत्रहरुमा लगानी गरि लामो समयसम्म इकाईधनीहरुलाई नियमित प्रतिफल दिई इकाईको खुद सम्पत्तिमा उच्च वृद्धि कायम राख्नु हो । यो योजनामा व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताहरुको निम्ति उपयुक्त छ, दिर्घकालका लागि लगानी गर्न र उच्च प्रतिफलको अपेक्षा राख्ने लगानीकर्ताको लागि उपयुक्त फण्ड हो ।

यो फण्ड निष्काशन भएको पनि आज ११ दिन भईसकेको छ, आजसहित तीन दिन मात्र बाँकी छ, के सबै बिक्री हुन्छ ?

हामीले १२० करोडको निष्काशन गरेमा अझ थप गरि १५० करोड पुर्याउने भन्ने नै हो । तर, अवस्था त्यो जायज भएन, १२० चाँही सबसक्राइव गराउन लागिपरेका छौं । पल्बिकको सहभागिता अलि कम छ, म्युचुअल फण्ड भनेकै सेयर ज्ञान नभएको, कम समय कम नभएकाहरुलाई हो । यो बुझेर लगानी गर्नुहोस्, पब्लिकको सहभागिता अलि कम छ । हामी प्रचार प्रसार त गरिहेका छौं । म्युचुअल फण्डमा लगानी गर्नुभयो भने सेयर बजारमा भन्दा पनि एकदम सुरक्षित छ । यो १० वर्षको दीर्घकालिन भएकाले लगानी गरेर ढुक्क बस्न सकिन्छ । यसमा हामीले अपेक्षा के गरेका छौैं भने २९.६६ प्रतिशत वार्षिक रिटन (औषत) दिने अपैक्षा गरेका छौं, १० वर्षका लागि । त्यो भनेको अरु बिजनेशमा या आफै स्टकमा लगानी गर्दा जुन अवसर आफैले गर्न नसकिने अवस्थामा हामी कोशिस गरेका छौं ।

अब बाँकी रहेको तीन दिनमै सबै सबस्क्राइब हुन्छ त ?

हामीले १०० करोड कट्ने अनुमानित टार्गेट देखिएको छ । यद्यपि, १२० करोड नै सबस्क्राइब गराउनमा हामी प्रयासरत छौं । अन्तिम दिनसम्म पुग्छ होला ।

यो तोकिएको समयमा पुरा भएन भने म्याद थप हुन्छ कि हुँदैन ?

यो फण्डमा लगानी गर्ने अवसरमा आगामी माघ २४ गतेसम्म मात्र हो । अब चार दिनमात्र बाँकी छ । हामीले पन्ध्र दिनसम्म मात्र खुला गर्न पाउने भएकाले म्याद थप हुँदैन ।

अन्त्यमा केही भन्नु छ ?

सेयर बजारमा धेरै जोखिम तथा अवसरहरु दुवै छन् । बजारमा विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन् । यस्ता जोखिम तथा अनिश्चितताका कारणले विभिन्न समयमा हुने उतारचढावले लगानीकर्तालाई उदेश्य अनुरुप प्रतिफल प्राप्त गर्न समस्या भएका हुनसक्छ । यस्तो परिस्थितिलाई सहज रुपमा समाधान गर्न सनराइज फोकस्ड इक्विटी फण्ड उत्तम विकल्प हो । साथै अनुभवि कोष सुपरिक्षेकहरुको निगरानीमा सञ्चालन हुने यस योजनाले बलियो वित्तीय अवस्था भएका, नियमित प्रतिफल दिने र बजारको उतारचढावले कम असर गर्ने फोक्स्ड इक्विटी कम्पनीहरुमा लगानी गर्दछ । साथै यस योजनाले वार्षिक २९.६६ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको अवस्थामा सरनराइज फोकस्ड इक्विटी फण्डमा लगानी गर्नुहोस् र उच्च प्रतिफलका लागि ढुक्क हुनुहोस् भन्न चाहान्छु ।


प्रतिक्रिया दिनुहोस्