तपाइलाई पर्यो त सुपर मादी हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बाँडफाँट सम्पन्न भएको छ ।
आईपिओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ ।
गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटः https://www.sanima.capital
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको वेबसाइटः http://www.himalhydro.com.np/super-madi-hydroelectric













