१ कार्तिक २०८३, आइतबार

आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी भृकुटीमण्डपमा



काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ मिति २०७९ फागुण ३ गते देखि फागुन ९ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन गइरहेको छ ।

उक्त मेलाको समुद्घाटन माननीय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी ज्यू को प्रमुख आतिथ्यमा हुनेछ । समुद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका व्यत्तित्वहरु को पनि उपस्थीती रहनेछ ।

प्रर्दशनीको लक्ष्य
१) नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।
२) मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।
३) आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य रहेको छ ।
४) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
५) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
६) अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ ।
७) आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकार िगराउने ।

प्रर्दशनीको लक्षित बर्ग
१) जुत्ताका सौखिन पारखीहरु
२) आम सचेत उपभोक्ताहरु
३) जुत्ताको कच्चा पदार्थका आपुर्ति कर्ताहरु तथा खरीद कर्ताहरु
४) यस सग सम्बन्धीत सबै पक्षहरु

प्रर्दशनीका आकर्षण तथा सुबिधाहरु
१) मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने छन् ।
२) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
३) मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ ।
४) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
५) उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सक्नुहुनेछ ।
६) आयोजित मेला स्टक क्लियरेन्स सेल मेला नभई बिशुद्ध गुणस्तरीय बस्तुहरुको प्रर्दशन भएकोले सहभागी उपभोत्ताहरुले आफुले तिरेको मुल्यको पुर्ण सन्तुष्टी पाउनुहुनेछ ।
७) मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ ।
८) नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको बिषेश प्रर्दशनी कक्षको पनि ब्यबस्था गरीने
छ ।
९) अपाङ्गभएका व्यक्तिहरुको लागि पनि आवश्यक पर्ने जुत्ता चप्पलहरु पनि उपलब्ध हुनेछन् ।

प्रवेश निशुल्क हुनेछ आयोजक नेपाल छाला जुत्ता उत्पादक संघले जनाएको छ । पदर्शनीको सह आयोजक प्रबद्र्धक घरेलु तथा साना उद्योग महासंघ व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र नेपाल चेम्बर अफ कर्मस रहेको छ भने प्रायोजक सह प्रायोजक सगुन शुज सिटीजन फुटवेयर सक्सेस शुज पारागन फुटवेयर मध्यपुर जुत्ता उद्योग कम्र्फट शुज रहेका छन् ।