राष्ट्रिय बीमा कम्पनीले बढायो धेरै नाफा: प्रुडेन्सियलसहित तीन वटाको नाफा खुम्चियो, अन्यको अवस्था कस्तो ?
राष्ट्रिय बीमा कम्पनीले बढायो धेरै नाफा: प्रुडेन्सियलसहित तीन वटाको नाफा खुम्चियो, अन्यको अवस्था कस्तो ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा करिव ९ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३९ करोड २३ लाख ८७ हजार रुपैयाँ नाफा गरेका छन् । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ८.४३ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिमा कम्पनीहरुले २ अर्ब २० करोड ६३ लाख १० हजार रुपैयाँ नाफा कमाएका थिए ।
संचालनमा रहेका मध्ये १७ वटा निर्जीवन कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । तर, नेपाल इन्स्योरेन्सले भने हालसम्म सार्वजनिक गरेको छैन ।
सो अवधिमा तीन कम्पनीको नाफामा गिरावट आएको छ । अन्य कम्पनीले नाफामा सुधार गरेका छन् । चालु आवको ६ महिनामा राष्ट्रिय बीमाको नाफा सबैभन्दा धेरै बढेको छ । गत वर्षको पुस मसान्तसम्म १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने ९२.५६ प्रतिशतले बढेको छ । योसंगै चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
यस्तै धेरै नाफा बढाउने कम्पनीको दोस्रो स्थानमा नेपाल इन्स्योरेन्स देखिएको छ । कम्पनीले चालु आवको ६ महिनामा ४७.६४ प्रतिशतले नाफा बढाएर १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १० करोड ३८ लाख १५ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा प्रुडेन्सियल, ओरियण्टल र शिखर इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै नाफा प्रुडेन्सियल इन्स्योरेन्सको घटेको छ । कम्पनीको नाफा ४३.२३ प्रतिशतले घटेर ४ करोड १८ लाख ८० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७ लाख ८९ हजार रुपैयाँ नाफा गरेको थियो । यस्तै, ओरियण्टल इन्स्योरेन्सको नाफा ४०.७२ प्रतिशतले घटेर १२ करोड ८६ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।
यता, शिखर इन्स्योरेन्सको नाफामा भने झिनो गिरावट आएको छ । सो अवधिमा कम्पनीले २४ करोड ७ लाख ४ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
अन्य कुनको कति ?














