७ श्रावण २०८३, बिहिबार

नागरिक लगानी कोषको ७५ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । नागरिक लगानी कोष (सटिजन इन्भेष्टमेन्ट ट्रष्ट) को संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर फागुन १० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शिलबन्दी खाम बाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्