जीवन बीमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम पौने ४ अर्बः नेपाल लाइफको सबैभन्दा धेरै, कुनको कति ?
जीवन बीमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम पौने ४ अर्बः नेपाल लाइफको सबैभन्दा धेरै, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले करिब पौने ४ अर्ब रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ । संचालनमा रहेका जीवन कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीहरुले चालु आवको पुस मसान्तसम्ममा भुक्तानी हुन् बाँकी दावी रकम ३ अर्ब ८२ करोड ८० लाख ३७ हजार रुपैयाँ रहेको छ । सो अवधिमा भुक्तानी हुन् बाँकी दावी संख्यामा भने १ हजार ४९३ रहेको छ ।
उक्त अवधिमा रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले मात्र शतप्रतिशत दावी रकम भुक्तानी गरेको छ । पुस मसान्तसम्म कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम शून्य रहेको छ ।
नेपाल लाइफको भुक्तानी हुन् बाँकी दावी रकम १ अर्ब बढी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब १० करोड ३ लाख ११ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ ।
सो अवधिमा कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्या भने उल्लेख गरेको छैन । सो अवधिमा कम्पनीले कुल ७ अर्ब ८२ करोड ७५ लाख ८३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ४३ हजार १४६ वटा दावी भुक्तानी गरेको हो ।
चार कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ४० करोड माथि
चालु आवको ६ महिनामा चार वटा जीवन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी रकम ४० करोड रुपैयाँ माथि देखिएको छ ।
सो अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम ७७ करोड ८९ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्या भने उल्लेख गरेको छैन ।
चालु आवको पुस मसान्तसम्ममा मेट लाइफ इन्स्योरेन्सले ४६० वटा दावी भुक्तानी गरेको छैन । सो अवधिमा कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने ६८ करोड ११ लाख १६ हजार रुपैयाँ देखिएको छ ।
यस्तै, रिलायन्स लाइफको भुक्तानी हुन् बाँकी दावी रकम ४४ करोड ३७ लाख २२ हजार, र एलआईसी नेपालको ४१ करोड ७४ लाख ९४ हजार रुपैयाँ देखिएको छ । रिलायन्स लाइफले भुक्तानी गर्न बाँकी दावी संख्या भने ४३ वटा रहेको छ भने एलआईसीले उल्लेख गरेको छैन ।
सिटिजन लाइफको १७ करोड बढी, आधा दर्जन कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १ करोड माथि
चालु आवको सो अवधिमा सिटिजन लाइफको भुक्तानी हुन् बाँकी दावी रकम १७ करोड १० लाख २५ हजार रुपैयाँ देखिएको छ । कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्यामा भने २४८ वटा रहेको छ ।
सो अवधिमा सुर्यज्योति लाइफको भने ६ करोड ४७ लाख ९५ हजार, एशियन लाइफको ६ करोड १० लाख १९ हजार र प्राइम लाइफको ४ करोड ५२ लाख ५७ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ । यी कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी संख्या भने क्रमशः २४०, १८६, ७६ वटा रहेको छ ।
चालु आवको ६ महिनामा आइएमई लाइफले २ करोड ९६ लाख ९५ हजार, सानिमा लाइफले १ करोड ७ लाख १३ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ । यी कम्पनीले क्रमशः ३१, १६, ४४ वटा देखिएको छ ।
अन्यको कुनको कति ?
चालु आवको ६ महिनामा प्रभु लाइफको भुक्तानी हुन् बाँकी दावी रकम ४३ लाख ५१ हजार, महालक्ष्मी लाइफको २५ लाख ६३ हजार, सन नेपाल लाइफको २४ लाख ७६ हजार र गुराँस लाइफको २० लाख ८२ हजार रुपैयाँ रहेको छ ।
चालु आवको पुस मसान्तसम्ममा यी कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी संख्या भने क्रमशः ७, १२१, ९ र १२ वटा रहेको छ ।














