उद्योग वाणिज्य महासंघ भन्यो, ‘जनताको सम्पत्ति खुलेआम तोडफोड, लुटपाट गर्नेलाई तत्काल कारबाही होस्’
काठमाडौं । प्रशासनिक कारवाहीको विरोध गर्दै फागुन २ गते काठमाडौंको नयां बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफनो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि रहेको बताएको छ । जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय होइन र त्यो कानूनी राज्यमा दण्डनीय संघको भनाइ रहेको छ ।
संघले कुनै पनि विरोधका आडमा जवरजस्ती कानून हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जान सकेन र त्यस्ता तत्वलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकिएन भने जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना नदोहोरिएलान भन्न सकिन्न । अतः उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारवाही हुनुुपर्ने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउंछ । साथै व्यवसायीका लुटिएका सामान अविलम्व फिर्ता गराउन समेत माग गर्दछ ।













