७ श्रावण २०८३, बिहिबार

सुपर माई हाइड्रोपावरको आइपीओ बाँडफाँट, ४ हजारको आवेदन रद्द



काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान क्यापिटल मै बाँडफाँट गरेको हो ।

कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भने १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएको थियो । गोलाप्रथाबाट बाँडफाँट गर्दा कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले पाएका छन् ।

कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्