११ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता



काठमाडौं ।भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान नेपाल आएका सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन्।

भेटवार्तामा दुई देशबीचको आपसी हित प्रवर्द्धन, सहकार्य र चासोका विविध विषयमा छलफल भएको जनाइएको छ।

सचिव मिश्री प्रधानमन्त्री ओलीको यही भदौ ३१ गते तय भएको भारत भ्रमणको तयारीका सन्दर्भमा काठमाडौं आएका हुन्।