सनराइज बैंकको ८.२८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई ८।२८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसको ३५९ औं सञ्चालक समिति बैठकले सेयरधनीलाई सो प्रतिफल दिने प्रश्ताव पारित गरेको हो ।
बैंककले ५.८ प्रतिशत बोनस सेयर तथा २.४८ नगद लाभांस प्रताव गरेको छ । बैंककले ५२ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस सेयर र २२ करोड २४ लाख बराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ ।

सनराइज बैंकले प्रश्ताव गरेको सो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि बैंकको वार्षिक साधारणसभाबाट पारितपछि वितरण गर्ने जनाएको छ ।