नक्कली धितो प्रकरणमा महालक्ष्मी बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ « Arthapath.com
६ पुष २०७७, सोमबार

नक्कली धितो प्रकरणमा महालक्ष्मी बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ



नक्कली सुन धितो राखेर करोडौं कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाबाट बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिखे र अनिससिंह सिजापतीसहित ऋणी पूर्ण राई, देवानन्द राई र सन्दीप लिम्बु पक्राउ रहेको प्रहरीले जनाएको छ ।

तीन जनै प्रबन्धकको समयमा ऋण प्रवाहको प्रक्रिया पूरा भएको पाइएकाले तीनजना शाखा प्रबन्धक पक्राउ परेका हुन ।कम तौलका सुनका गरगहना धितो राखी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ ऋण प्रवाह गरेको उजुरी परेपछि ब्युरोले प्रकरणमा अनुसन्धान थालेको थियो । त्यसक्रममा कमसल धितोबाट ऋण दिन कर्मचारीकै मिलेमतो रहेको खुल्न आएको छ ।

पक्राउ परेका ३ नै जना व्यक्तिविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सुन कर्जामा घोटाला भएपछि राष्ट्र बैंकले छानविनको लागी सिआईबीलाई आग्रह गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्