राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै २ अर्ब रुपैयाँ « Arthapath.com
७ माघ २०७८, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै २ अर्ब रुपैयाँ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक बषएकाृ दोस्रो त्रैमासमा खुद नाफा ९ प्रतिशत बढेर १ अर्ब ९१ करोड २७ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले नाफा गरेको छ । अघिल्लो वर्ष ६ महिनामा बैंकको नाफा १ अर्ब ७५ करोड १२ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष १५ अर्ब ८५ करोड ३ लाख ८० हजार रुपैयाँ, निक्षेप २ खर्ब ६३ अर्ब ८१ करोड २३ लाख ५१ हजार रुपैयाँ र कर्जा १ खर्ब ९५ अर्ब ४३ करोड ४२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशत र बेसरेट ६.६० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्