कृषि विकास बैंकको नाफा साढे १ अर्ब रुपैयाँ « Arthapath.com
७ माघ २०७८, शुक्रबार

कृषि विकास बैंकको नाफा साढे १ अर्ब रुपैयाँ



काठमाडौं । कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७.६३ प्रतिशत बढेर १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशत बढेर ३ अर्ब ७४ करोड २७ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८८ करोड ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

पौष मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ६८ करोड १५ लाख ३ हजार रुपैयाँ, सञ्चालन मुनाफा ९.८८ प्रतिशत बढेर २ अर्ब ८ करोड १८ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३८ प्रतिशत बढेर १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ, जगेडा कोष ८.७१ प्रतिशत घटेर १० अर्ब ४३ करोड २७ लाख ५३ हजार रुपैयाँ, निक्षेप ३.२७ प्रतिशत घटेर १ खर्ब ५७ अर्ब ४९ करोड १८ लाख ६० हजार रुपैयाँ र कर्जा १५.७३ प्रतिशत बढेर १ खर्ब ७४ अर्ब २८ करोड ८७ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५४ पैसाले बढेर १९ रुपैयाँ ११ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्