चुक्ता पूँजी बृद्धिमा ग्लोबललाई प्राइम र कृषि विकास बैंकले पन्छ्याउँदै, कुन बैंकको कति ? « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

चुक्ता पूँजी बृद्धिमा ग्लोबललाई प्राइम र कृषि विकास बैंकले पन्छ्याउँदै, कुन बैंकको कति ?



काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले चुक्ता पूँजी बढाएका छन् । चालु आर्थिक बर्षको ६ महिनासम्ममा वाणिज्य बैंकहरुले ३ खर्ब ६१ अर्ब ५७ करोड ९६ लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब १९ अर्ब २५ करोड ५५ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा चालु आवमा १३.२६ प्रतिशत चुक्ता पूँजी बृद्धि गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ, दोस्रोमा प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, कृषि विकास बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ, नबिल बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र एनएमबि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ ।

यता सबैभन्दा थोरै चुक्ता पूँजी भएका बैंकहरुमा सिभिल बैंकको ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ, स्टयाण्डर्ड चार्टट बैंकको ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ, एभरेष्ट बैंकको ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँ र सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ ।

प्रतिशतका हिसावले सबैभन्दा धेरै चुक्ता पूँजी नबिल बैंकले बढाएको छ । नबिल बैंकको चुक्ता पूँजी ३७.२१ प्रतिशत चुक्ता पूँजी बृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्