ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गर्दै एक नम्बर बन्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
७ बैशाख २०७९, बुधबार

ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गर्दै एक नम्बर बन्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक बर्षको तस्रो त्रैमासमा खुद नाफा ४.१३ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंक नै रहेको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद बयाज आम्दानी ८.२९ प्रतिशत बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सत्तचालन मुनाफा २.७३ प्रतिशत बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ, जगेडा कोष २१.६१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ, निक्षेप संकलन ०.२४ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ र कर्जा १३.८० प्रतिशत बढेर २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १.१७ रुपैयाँ घटेर २० रुपैयाँ ८८ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०५ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४९.४५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्