नेपाल बैंकको खुद नाफा २ अर्ब १९ करोड रुपैयाँ, ब्याज आम्दानी भण्डै ५ अर्ब पुग्यो « Arthapath.com
७ बैशाख २०७९, बुधबार

नेपाल बैंकको खुद नाफा २ अर्ब १९ करोड रुपैयाँ, ब्याज आम्दानी भण्डै ५ अर्ब पुग्यो



काठमाडौं । नेपाल बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.०७ प्रतिशत घटेर २ अर्ब १९ करोड २९ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३६ प्रतिशत बढेर ४ अर्ब ७३ करोड १० लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७१ करोड ४० लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा २४.०३ प्रतिशत घटेर २ अर्ब ६१ करोड २७ लाख ८१ हजार रुपैयाँ र वितरणयोग्य नाफा ६८ करोड ५३ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेर १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ६.९३ प्रतिशत बढेर १७ अर्ब ५५ करोड २० लाख ९१ हजार रुपैयाँ, निक्षेप १५.०९ प्रतिशत बढेर १ खर्ब ८७ अर्ब ३७ करोड ३८ लाख १० हजार रुपैयाँ र कर्जा २४.६५ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८० करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५७ पैसा घटेर २० रुपैयाँ ३० पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ भने २४० रुपैयाँ ६० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्