कृषि विकास बैंक नाफा १ अर्ब ९० करोडमा झर्याे, ब्याज आम्दानी साढे ५ अर्ब माथि « Arthapath.com
७ बैशाख २०७९, बुधबार

कृषि विकास बैंक नाफा १ अर्ब ९० करोडमा झर्याे, ब्याज आम्दानी साढे ५ अर्ब माथि



काठमाडौं । कृषि विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८.०९ प्रतिशत घटेर १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २६.१० प्रतिशत बढेर ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड ८६ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ४.६९ प्रतिशत घटेर २ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ९६ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३८ प्रतिशत बढेर १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ, जगेडा कोष १०.६४ प्रतिशत घटेर १० अर्ब २१ करोड २३ लाख ९२ हजार रुपैयाँ, निक्षेप संकलन १.५० प्रतिशत घटेर १ खर्ब ६० अर्ब ३६ करोड ७५ लाख ९२ हजार रुपैयाँ र कर्जा १८.१७ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ९५ करोड ९८ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

बैंकका प्रतिशेयर आम्दानी १ रुपैयाँ ७० पैसा घटेर १६ रुपैयाँ ७९ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ३० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्