एनआईसी एशिया बैंकको ब्याज आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब रुपैयाँ पुग्यो « Arthapath.com
८ बैशाख २०७९, बिहीबार

एनआईसी एशिया बैंकको ब्याज आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब रुपैयाँ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.९६ प्रतिशत बढेर ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २५.४२ प्रतिशत बढेर ८ अर्ब २५ करोड ८४ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५८ करोड ४३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.३३ प्रतिशत बढेर ५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ, जगेडा कोष २५.९६ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ९३ लाख ५५ हजार रुपैयाँ, निक्षेप ३.१९ प्रतिशत बढेर २ खर्ब ९६ अर्ब १७ करोड ६१ लाख ६८ हजार रुपैयाँ र कर्जा ३.५८ प्रतिशत बढेर २ खर्ब ५७ अर्ब ६७ करोड ९१ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा बढेर ४१ रुपैयाँ ९४ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्