मर्जरपश्चात् यस्तो बन्ने छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कर्मचारी संख्या ३२१८ जना « Arthapath.com
२७ जेष्ठ २०७९, शुक्रबार

मर्जरपश्चात् यस्तो बन्ने छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कर्मचारी संख्या ३२१८ जना



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि शुक्रबार सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच दुवै बैंकबीच मर्जर गर्ने सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरका सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

चुक्ता पूँजी
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अहिले एनआईबिएलको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

जेगडा कोष
एनआईबिएल बैंकको जगेडा कोष १४ अर्ब ८२ करोड ३६ लाख २ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको जगेडा कोष ५ अर्ब ९१ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।

लोन (कर्जा)
एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बन्ने बैंकको कर्जा ३ खर्ब २३ अर्ब ९२ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

डिपोजिट (निक्षेप)
मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । हाल एनआईबिएल बैंकको निक्षेप १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको छ ।

कूल सम्पत्ति
एनआईबिएल बैंकको कूल सम्पत्ति २ खर्ब ३७ अर्ब ७२ करोड ३० लाख ९ हजार रुपैयाँ र मेगा बैंकको कूल सम्पत्ति २ खर्ब ७ अर्ब १४ करोड ९४ लाख ४६ हजार रुपैयाँ गरी कूल सम्पत्ति ४ खर्ब ४४ अर्ब ८७ करोड २४ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

खुद ब्याज आम्दानी
एनआईबिएल बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ र मेगा बैंकको ३ अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ गरी कूल ७ अर्ब ८६ करोड ५० लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

सञ्चालन नाफा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको सञ्चालन नाफा ३ अर्ब ६२ करोड ५९ लाख १३ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब ९९ करोड ९२ लाख ४९ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात बन्ने बैंकको सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

खुद नाफा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको खुद नाफा २ अर्ब ४७ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

वितरणयोग्य नाफा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको वितरणयोग्य नाफा ४५ करोड २२ लाख २६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको वितरणयोग्य नाफा ९६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिशेयर आम्दानी (ईपीएस)
एनआईबिएल बैंकको ईपीएस १८.०४ रुपैयाँ रहेको छ भने मेगा बैंकको १६.६६ रुपैयाँ रहेको छ । मर्जरपश्चात बैंकको ईपीएस १८.२५ रुपैयाँ पुग्नेछ ।

शाखा–एटिएम
एनआईबिएल बैंकको शाखा ८८ वटा र एटिएम १३१ वटा रहेका छन् भने मेगा बैंकको शाखा २२८ वटा र एटिएम ४० वटा रहेका छन् । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् ।

कर्मचारी
हाल नेपाल इन्भेष्टमेन्ट बैंकका १ हजार ५०६ जना र मेगा बैंकसँग १ हजार ७१२ जना कर्मचारी रहेका छन् । मर्जरपश्चात कर्मचारी संख्या ३ हजार २१८ जना पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस्