डिम्याट खाता खोले बापतको वार्षिक संचालन शुल्क बुझाउन बिओके क्यापिटल मार्केटको आग्रह « Arthapath.com
१४ असार २०७९, मंगलवार

डिम्याट खाता खोले बापतको वार्षिक संचालन शुल्क बुझाउन बिओके क्यापिटल मार्केटको आग्रह



काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले हितग्राही (डिम्याट) खाता खोल्ने खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले बैंक अफ काठमाण्डू लिमिटेडका शाखाबाट डिम्याट खाता खोलेका ग्राहकहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको हो ।

अघिल्लो आर्थिक वर्षहरुमा डिम्याट खाता खोल्नु भएका हितग्राहीहरुले प्रत्येक आर्थिक वर्षको वार्षिक संचालन शुल्क बापत बुझाउनु पर्ने रकम १ सय रुपैयाँ बाँकी रहेका ग्राहकहरुले २०७९ असार मसान्तभि बुझाउन अनुरोध गरेको छ । उक्त शुल्क इसेवा, आइएमई पे, प्रभु पे, फोन पे, कनेक्ट आइपिएस तथा खल्ती मार्फत बुझाउन सकिनेछ ।

साथै, असार मसान्तभित्र वार्षिक शुल्क नबुझाएमा हितग्राही खाता स्वत रोक्का गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्