पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकमा फेरि पहिरो गएको छ । पहिरो जाँदा एउटै घरका सबै वेपत्ता भएका छन् । गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको हो । उक्त घरका सबै बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसे प्रहरीेले जनाएको छ । यसको बारेमा थप विवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्