थप १ हजा ५३९ जना कोरोना संक्रमित थपिए, जम्मा ५८ हजार ३२७ पुग्यो « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

थप १ हजा ५३९ जना कोरोना संक्रमित थपिए, जम्मा ५८ हजार ३२७ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ ।त्यस्तै बुधबार ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्