करिब ७ महिनापछि आन्तरिक हवाइ सेवा सुरु, देशभर ५० वटा उडान « Arthapath.com
५ आश्विन २०७७, सोमबार

करिब ७ महिनापछि आन्तरिक हवाइ सेवा सुरु, देशभर ५० वटा उडान



काठमाडौं । करिव ७ महिनापछि सोमबारबाट आन्तरिक हवाई सेवा शुरु भएको छ । सरकारले आन्तरिक उडान खुलागरेपछि ८ कम्पनीले आजबाट सेवा सुरु गरेका छन् । सञ्चालनमा ९ कम्पनी रहेकोमा एक वायु सेवा कम्पनीले भने उडान गरेको छैन ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिन अर्थात करिव ७ महिनापछि शुरु भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोना सम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरि आजबाट सेवा संचालन सुरु भएको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्रीएयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ । सौर्य एयरलायन्सको बिमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन


प्रतिक्रिया दिनुहोस्