आईतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण, २३ सय २६ जना निको भए « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

आईतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण, २३ सय २६ जना निको भए



काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेका छन ।


त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय ३९ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ जना रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको डा गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्