ओली विरुद्ध प्रचण्ड–नेपाल समुहको अविश्वास प्रश्तावको भित्री तयारी, प्रदेश प्रमुख पोखरेल र गुरुङको रातारात दौडधुप « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

ओली विरुद्ध प्रचण्ड–नेपाल समुहको अविश्वास प्रश्तावको भित्री तयारी, प्रदेश प्रमुख पोखरेल र गुरुङको रातारात दौडधुप



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुह रुष्ट बनेको छ । ३ वर्ष अघि दशैंमै पार्टी एकताको नयाँ तरंग ल्याएका दुई अध्यक्ष विचको कटुता यसपालिको दशैंमा झनै बढेको छ ।

नेकपाका २ अध्यक्ष विच बोलचालनै बन्द भएको २ साता पुगिसकेको छ । ओलीले छलफलका लागी बोलाए पनि प्रचण्ड बालुवाटार गएका छैनन । पछिल्लो समय मन्त्रीहरु पुर्नगठनलाई लिएर बढेको प्रचण्ड ओलीको दुरी झनै लामो बन्दै आएको छ ।

अहिले भित्री रुपमा प्रचण्ड र नेता माधव नेपाल समुहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रश्तावको तयारी गरेका छन । अहिले बालुवाटार इतर समुह एकजुट भैरहेको छ । पछिल्लो समय प्रधानमन्त्रीले कुटनितीक मर्यादा विपरित ‘रअ’ प्रमुखलाई भेटेको विषयलाई लिएर पार्टीमा भाँडभैलो सुरु भएको छ ।

अहिले गोप्य रुपमा प्रधानमन्त्री विरुद्ध पार्टीकै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपाल समुहले भित्रभित्रै अविश्वासको तयारीको लागी हस्ताक्षर अभियान सुरु भएको छ । यसको सूचना आएपछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङलाई रातारात काठमाडौं झिकाएका छन ।

पोखरेल र गुरुङका अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलसमेत प्रधानमन्त्रीको कुर्सी जोगाउन लागिपरेका छन । कर्णालि प्रदेशमा ओलीकै इशारामा ओली पक्षिय नेताहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै प्रचण्ड समुह अहिले प्रधानमन्त्री विरुद्ध लागिपरेको छ ।

३ वर्ष अघि पार्टी एकता गरेका २ अध्यक्ष विचको कटुताले नेपालको राजनितीमै खतराको घण्टी बजेको छ । आफुलाई अफ्टेरो परेको भन्दै प्रधानमन्त्रीले मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङलाई काठमाडौं बोलाएर वार्ताको वातावरण बनाउन लगाएका छन । सोही योजना अनुसार मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई बिहीबार साँझ भेटवार्ता गरिसकेका छन ।

पोखरेलले प्रचण्डलाई भेटमा प्रधामन्त्रीसंग वार्ताको लागी गरेको पहलमा प्रचण्डले सकारात्मक सन्देश दिएका छैनन् । ओलीको सन्देश बोकेर गएका पोखरेललाई प्रचण्डले आफु पटक पटक पेलाइमा परेकाले अव पुनः संकटमा नरहने संकेत दिएका छन । पोखरेलले पार्टीका बरिष्ठ नेता माधव नेपाल बामदेव गौतम लगायत प्रधानमन्त्रीसंग रुष्ट नेताहरुसंग आज भेटघाट गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्