कामना सेवा विकास बैंकले पहिलो त्रैमासमा कमायो २० करोड नाफा, अन्य वित्तिय सूचकमा वृद्धि « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

कामना सेवा विकास बैंकले पहिलो त्रैमासमा कमायो २० करोड नाफा, अन्य वित्तिय सूचकमा वृद्धि



काठमाडौं । कामना सेवाविकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि गरेको हो ।

बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले गैर सञ्चालन आम्दानीलगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुदनाफामा वृद्धि भएको हो ।

बैंकले असोज मसान्तसम्म रु ३६ अर्व ७२ करोड निक्षेप संकलन गरी रु २९ अर्व ९३ करोड कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.व.को सोहीअवधिको तुलनामाक्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो । बैंकको प्रति शेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रति शेयर नेटवर्थ १२२.६२ र मूल्यआम्दानीअनुपात७.०८ गुणा रहेको छ । यस अवधिमाबैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एविविएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सि–आश्वालगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्