शिवनाथ पाण्डे बाहिरिएपछि जीवन बीमक संघको अध्यक्षमा श्रेष्ठ, को–को छन् कार्यसमितिमा ? « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

शिवनाथ पाण्डे बाहिरिएपछि जीवन बीमक संघको अध्यक्षमा श्रेष्ठ, को–को छन् कार्यसमितिमा ?



काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा निर्मल काजी श्रेष्ठ चयन भएका छन । श्रेष्ठ यसअघि उपाध्यक्ष रहेका थिए । प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । यसअघि अध्यक्ष रहेका शिवनाथ पाण्डे सुर्यालाइफ इन्स्योरेन्सबाट बाहिरिएपछि नयाँ कार्यसमिति चयन गरिएको हो ।

शुक्रबार भएको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । जसमा सबै पदमा सर्वसम्मती कायम भई नयाँ अध्यक्षमा निर्मल काजि श्रेष्ठलाई चयन गरेको हो । श्रेष्ठ मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन ।

त्यसैगरी उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन । पौडेल यसअघि जिवन बिमक संघको महासचिव रहेका थिए । पौडेल सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत । त्यसैगरी महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन ।

कोषाध्यक्षमा रिलायन्स लाइफ इन्स्योरेन्सका सिईओ प्रविनरमण पराजुली चयन भएका छन । त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रसाशक कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन ।

साधारण सभामा नेपाल बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकाशको लागी दुवै संस्था मिलेर जानु पर्ने धारणा राखेका थिए । त्यस्तै जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयां कार्य समिती समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसंग समन्वय गरेर अगाडि वढ्न शुभकामना दिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धी संगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्