ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ जनाले ११ कित्ता पाए,१० लाख ९११ जना आवेदकको हात खाली « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ जनाले ११ कित्ता पाए,१० लाख ९११ जना आवेदकको हात खाली



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ फागुन ७ गते, शुक्रबार बाँडफाँड गरिएको छ । आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६३ जनाले १० कित्ता पाएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । १० लाख ९११ जना आवेदकको हात खाली भएको छ ।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।


प्रतिक्रिया दिनुहोस्