अब आइपीओ हेर्न नयाँ सिस्टम तयारी, छिटो, छरितो र सुरक्षित रहेको सिडिएससीको दाबी « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

अब आइपीओ हेर्न नयाँ सिस्टम तयारी, छिटो, छरितो र सुरक्षित रहेको सिडिएससीको दाबी



काठमाडौं । अनलाइन संचार माध्यम तथा अन्य संस्थाहरुलाई आइपीओ सार्वजनिक गर्न रोक लगाएपछि सिडिएसीले नयाँ वेवसाईट निर्माण गरेको छ । सर्वसाधारणलाई निष्काशन गरिएको आइपीओको नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिंग लिमीटेडले नयाँ छुट्टै वेब पोर्टल तयार गरेको हो ।

आइपीओ लगायतका सार्वजनिक निश्कासनको रिजल्ट मात्र राखिने र सहज रुपमा हेर्न सकिने वेब पोर्टल तयार गरी सार्वजनिक गरेको हो ।

सिडिएससीले एक सूचना प्रकाशित गरी सार्वजनिक निश्कासन भएका धितोपत्र बाँडफाँडको नतिजा हेर्नका लागि आइपीओ रिजल्ट डट सीडीएसी डट कम डट एनपी (iporesult.cdsc.com.np) नामको छुट्टै वेब पोर्टल तयार भएको जानकारी दिएको छ ।

सिडिएससीका अनुसार अब उप्रान्त सार्वजनिक निश्कासनको नतिजा सार्वजनिक भएको केही समयमै सहज र सरल ढंगले यो वेब पोर्टलबाट हेर्न मिल्ने छ । नयाँ वेब पोर्टल छिटो, छरितो र सुरक्षित रहेको र एकसाथ धेरै लगानीकर्ताले समेत प्रयोग गर्न मिल्ने उच्च क्षमताको रहेको सिडिएससीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्