काठमाडौं । सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल टिओडी मिटरको आधारमा उठाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले १५ दिनभित्र उद्योगीहरुले खपत गरेको विद्युतको बक्यौता रकम टिओडी मिटर अनुसार नै असुल गर्ने निर्णय गरेको हो । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट