काठमाडौं । मोबाइल बैंकिङ्ग भुक्तानी साढे ५२ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग मार्फत ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।