काठमाडौं । वाणिज्य बैंकहरुले एकै वर्ष साढे ७ अर्ब नाफा बढाएका छन् । बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल संचालनमा रहेको वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।