काठमाडौं । नबिल बैंक लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले उक्त लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । जसको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ ।