काठमाडौं । मंगलबार सुन ११ सयले बढेको छ । आज सुन तोलामा ११ सयले बढेर प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन स्थिर रहेको थियो । आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको सुन हिजो पनि सोही मुल्यमा कारोबार भएको थियो ।