काठमाडौं । हाल वाणिज्य बैंकहरुसँग साढे ६ खर्ब लगानीयोग्य रकम छ । निक्षेप थपिने क्रम बढीरहेको छ । तर, कर्जा प्रवाह अलि सुस्त–सुस्त छ । बैंकहरुमा लगानीयोग्य रकम बढीरहँदा कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो भने लगातार घटीरहेको अवस्था छ । हाल बैंकहरुको सीडी रेसियो ८० प्रतिशत भन्दा कम छ ।