१५ श्रावण २०८३, शुक्रबार

Banner First

बजेटअघि सेबोनले नेतृत्व नपाउने, किन अड्काउँदै छन् अर्थमन्त्री ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजेटअघि नेतृत्व नपाउने देखिएको छ । राजनीतिक दाऊपेच र कर्पोरेट घरानाहरुको परस्पर विरोधी दबाबका कारण नियुक्ति प्रक्रिया लम्बिने देखिएको हो । अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अधिकारीहरुले आगामी जेठ १५ मा नयाँ बजेट प्रस्तुत गरेपछिमात्रै सेबोन अध्यक्षको बारेमा प्रक्रिया टुंगिने संभावना रहेको बताएका छन् ।