२५ भदौ २०८३, बिहिबार

नेप्से

सेयर बजारमा झिनो अंकको वृद्धि, फाइनान्स समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम भने घटेको छ । बुधबार १९ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।