७ कार्तिक २०८३, शनिबार

प्रविधि

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी असोज ३१ गतेदेखी टुजी तथा फोजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी तथा फोजी सेवा