काठमाडौं । कोरोना भाइरस संक्रमणपछि विश्व बजारमा पेट्रोलियम पदार्थ (तेल)को मूल्यमा भारी गिरावट आएको छ । बीबीसीका अनुसार तेलको भाउ १८ वर्षयताकै न्यून मूल्यमा झरेको हो । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २२.५८ डलरमा झरेको छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सन् २००२ को अवस्थामा पुगेको छ