काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले कार्यभार सम्हाल्दैगर्दा राजस्वको बृद्धिदर दोब्बर बढाएर २० प्रतिशत पुर्याउने ‘उपाय’ आफूसँग भएको बताएका थिए । तर फागुन मसान्तसम्मको आँकडाहरुले सरकारको संशोधित लक्ष्य अनुसार पनि राजस्व नउठ्ने अवस्था आएको छ । यसले सरकारको विकास खर्चमा पनि गम्भीर असर पार्ने छ । चालु आर्थिक वर्षको बजेटको