काठमाडौं । गैरआवासीय नेपाली संघको प्रतिनिधि मंडल र हालसालै निर्वाचित काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाडौँ महानगरपालिकाको मेयर कक्षमा भएको भेटघाटको क्रममा गैरआवासीय नेपाली संघले काठमाडौँ महानगरपालिका संग सहकार्य गरी काठमाडौ महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको