काठमाडौं । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजि क्षेत्रले दिएको सुझाव सरकारले कहिले सम्बोधन नगरेको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो २०२३ को औपचारिक उद्घाटन समारोहमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । निजि क्षेत्रलाई सरकारले ब्यापारी मात्र सम्झिने गरेको अध्यक्ष ढकालको भनाइ थियो ।