रिलायबल लाइफका सीईओ लोहनीको कार्यकाल थप, स्वीकृतिका लागी समितिमा पत्र « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

रिलायबल लाइफका सीईओ लोहनीको कार्यकाल थप, स्वीकृतिका लागी समितिमा पत्र



काठमाडौं । रिलायबल नेपाल लाइफको सीईओ नारायणबाबु लोहनीको कार्यकाल थप गरिने भएको छ । संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको साउन १ गते बसेको बैठकले लोहनीलाई थप एक कार्यकालका लागी नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ लोहनीको कार्यकाल थप गर्दै स्वीकृतिका लागी बीमा समितिमा पत्र पठाएको हो । बीमा समिति स्रोतका अनुसार सीईओ लोहनीको कार्यकाल थप गर्नका लागी सोमबार पत्र आएको जनाएको छ ।

सीईओ लोहनीको ४ बर्षे कार्यकाल साउन १७ गते सकिँदैछ । कार्यकाल सकिनुअघि नै बीमा समितिले स्वीकृति दिएपछि थप ४ बर्षका लागी कम्पनीले लोहनीलाई सीईओ नियुक्त गर्नेछ ।

लोहनीले सिभिल इन्जिनियर र व्यस्थापनमा स्नातकोत्तरको अध्ययन गरेका छन् । बैंक वित्तीय संस्थामा १ दशक भन्दा बढी अनुभव लोहनीसँग छ । एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिस र बैंक वित्तीय संस्था र बीमा कम्पनीमा लोहनीले २ दशक काम गरेको अनभव छ ।


प्रतिक्रिया दिनुहोस्