स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्की बर्खास्त, अध्यक्षमा लुनिया नियुक्त « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्की बर्खास्त, अध्यक्षमा लुनिया नियुक्त



काठमाडौं । स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्की बर्खास्तीमा परेका छन् । लगानीकर्ताको मर्म र भावना विपरित, संघको मुख्य विचार र धारणको विरुद्धमा उभिएर लगानीकर्ताको आशा र भरोसा तुहाउने गतिविधि गरेको हुनाले कार्कीलाई बहुमत सदस्यको हस्ताक्षरसहित साधारण सदस्य समेत नरहने गरि बर्खास्त गरिएको छ ।

पूँजी बजार सुधार गर्ने भन्दै असोजमा डिल्लेश्वर कार्की (रोहन) को संयोजकत्वमा पूँजी बजार सुरधार संघ गठन गरेका थिए । राष्ट्र बैंकले शेयर धितोमा कडाई गरेपछि गभर्नरका विरुद्ध आन्दोलन गरेका थिए ।

त्यस्तै, संघको अध्यक्षमा सुशील कुमार लुनियालाई अध्यक्षमा नियुक्त गरेको छ । संघका उपाध्यक्ष विनायक सिवाकोटीको अध्यक्षतामा बसेको बैठकले कार्कीलाई बर्खास्त गरि लुनियालाई सर्वसम्मत अध्यक्षमा नियुक्त गरेको हो ।

पुजी बजारको नितिगत सुधार र नियमनकारी निकायलाई थप जिम्मेवार बनाउने मुख्य उद्देश्य सहित समग्र लगानी र लगानिकर्ताको लगानी सुरक्षा र दीर्घकालीन हितको निम्ति हामिले स्वतन्त्र पूँजी बजार सुधार संघ को स्थापना गरेका थियो । सर्वसाधारण लगानी कर्ताको लगानि सुरक्षा, पूँजीबजारलाई प्रभाव पार्ने विभिन्न निति एवं कार्यक्रमहरुको नितिगत र व्यावहारीक स्थायित्वको निम्ति हामी जुनसुकै र जस्तो सुकै नकारात्मक तत्व व्यक्ति, प्रवृत्ति र संस्थाको विरुद्ध मा डटेर सामाना गर्ने बाचा सहित स्वतन्त्र पूंजी बजार सुधार संघको नेतृत्वमा डिल्लेश्वर कार्की (रोहन) लाई चयन गरेका थियौं ।

पछिल्लो समयमा आम लगानीकर्ताको मर्म र भावना विपरित संघको मुख्य विचार र धारणाको विरुद्धमा उभिएर संयोजक रोहन कार्कीबाट नै एक पछि अर्को गरी लगानी कर्ताको आशा र भरोसा तुहाउने गतिविधि भई रहेको यहाँहरुलाई अबगत नै छ । पूँजी बजारलाई ध्वस्त पार्न खोज्ने नियमकारी निकायले एक पछि अर्को गरि प्रतिकुल नीतिहरु ल्याउदै गर्दा उक्त नीतिहरूलाई एकदम सहि हो भन्ने किसिमको अभिव्यक्ति दिने, संघको मूल्य मान्यतालाई पालना नगर्ने, समितिका अन्य सदस्यहरूलाई व्यक्तिगत स्वार्थको निमित्त प्रयोग गर्न खोज्ने संस्थाको स्थापनाकाल देखि नै पूंजी बजारमा समय समयमा जगन्य भस्ट्राचार, गैरजिम्मेवारीपना, पूंजी बजारलाई नकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधि भैइरहदा जिम्मेवार भएर सयोजकको भूमिका नखेल्ने, वर्षी देखि खोलिएका नाम मात्रका लगानी कर्ता संघहरु सग मिलि उही पुरानै शैली दोहोर्याउन खोज्ने र समाजिक संजालको सस्तो लोकप्रियतामा मात्र रमाउन खोज्ने जस्ता उदाशिन र गैरजिम्मेवार गतिविधि देखिएको हुनाले स्वतन्त्र पूजीबजार सुधार संघका उपाध्यक्ष विनायक सिवाकोटी (अदित्य) को अध्यक्षतामा बसेको पूर्ण बैठकले नाम मात्रका संयोजक रोहन कार्कीलाई समितिका बहुमत सदस्यहरुको हस्ताक्षर सहित साधारण सदस्य समेत नरहने गरि आज के मिति बाट बर्खास्त गरिएको छ । साथै यो संस्थालाई वैधानिकता दिदै आजैको मिति बाट बसेको समितिको बैठक बाट अध्यक्षमा श्री सुशील कुमार लुनियालाई सर्व सम्मत चयन गरिएको छ । साथै देहाय बमोजिमको तदर्थ समिति गठन गरिएको जानकारी गराउदछौ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, उपसचिव, सह(सचिव, सदस्यहरु क्रमशः विनायक सिवाकोटी ९आदित्य०, उमेश राज सिलवाल, राम कृष्ण ढकाल, अरुण वियानी, शिरिष आचार्य, रत्न काजी महर्जन, राजेन्द्र खड्का, ज्यानेन्द्र का विमला न्यैपाने, सज्जा भुषाल, र वरिष्ठ सल्लाहाकारमा उपेन्द्र राज पाठक र ओम प्रसाद भट्टराईलाई चयन गरिएको कुरा सम्बन्धित सबैलाई जानकारी गराउदछौं ।


प्रतिक्रिया दिनुहोस्