ठुला निर्जीवन बीमा कम्पनीको बिजनेश ग्रोथ : नेपाल र ओरियण्टलको उच्च दरमा वृद्धि, दुई वटाको घट्यो « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

ठुला निर्जीवन बीमा कम्पनीको बिजनेश ग्रोथ : नेपाल र ओरियण्टलको उच्च दरमा वृद्धि, दुई वटाको घट्यो



काठमाडौं । ठुला निर्जीवन बीमा कम्पनीहरुको बिजनेश दोहोरो अंकले वृद्धि भएको छ ।

कम्पनीहरुको व्यापार साढे १० प्रतिशत वृद्धि भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा कम्पनीहरुले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशत बढी हो । गत आवको साउनदेखि कात्तिकसम्ममा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

समिक्षा अवधिमा युनाईटेड अजोड र राष्ट्रिय बीमा कम्पनीको मात्रै व्यापार घटेको देखिन्छ । यी दुई कम्पनीको व्यापार वृद्धिदर क्रमशः ३.२४ प्रतिशत र ११.१३ प्रतिशत घटेको छ । प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स र ओरियण्टलको व्यापार वृद्धिदर उच्च देखिएको छ ।

समिक्षा अवधिमा नेपाल इन्स्योरेन्सको बीमा शुल्क आर्जन ५.५ प्रतिशत वृद्धि भई ७८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यता, ओरियण्टल इन्स्योरेन्सको व्यापार पनि ५७.४३ प्रतिशत वृद्धि भई ९२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा नेशनल इन्स्योरेन्सको व्यापार १३.५८ प्रतिशत, एनएलजीको १२.६४ प्रतिशत, शिखरको १०.७३ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि १०.६८ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा यी चारै वटा कम्पनीले क्रमशः ४९ करोड ३ लाख, ९४ करोड १९ लाख र १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापार वृद्धिदर ९.६६ प्रतिशत, नेकोको ८.८१ प्रतिशत, सानिमा जिआइसीको ८.७३, राष्ट्रिय बीमा कम्पनीको ५.०३, आइजीआई प्रुडेन्सियलको ३.७६ र हिमालयन एभरेष्टको १.४३ प्रतिशत छ ।

निर्जीवन बीमा व्यापारः चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आँकडा, रकम लाखमा


प्रतिक्रिया दिनुहोस्