स्वास्थ्य संकटकाल वा कर्फ्यू लगाउने सरकारको तयारी « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

स्वास्थ्य संकटकाल वा कर्फ्यू लगाउने सरकारको तयारी



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढेसंगै भोलीबाटै सरकारले स्वास्थ्य संकटकालसहित कर्फ्यू लगाउने तयारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नका लागि सरकारले कर्फ्यू लगाउन लागेको हो । सरकारका एक मन्त्रीले दिएको जनाकारी अनुसार सरकार कफ्यु लगाउने अवस्थामा पुगेको बताए ।

सरकारले भोली बुधबारदेखी कर्फ्यू लगाउने अवस्थामा पुगेको हो । काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा भिडभाड धेरै भएसंगै कोरोना संक्रमण पनि बढेकाले सरकारले कर्फ्यू लगाउने तयारी गरेको हो । काठमाडौं उपत्यकामा दैनिक एक सय भन्दा बढि कोरोना संक्रमितहरु थपिदै जाँदा सरकार निर्मम बन्न लागेको हो ।

जनजिवन कष्ठकर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो पारेको थियो । सरकारले कर उठाउन साउन मसान्तससम्म संक्रमितको संख्य बढेपछि लकडाउन गरेको थिएन । अहिले लकडाउन गर्ने कि कर्फ्यू नै लगाउने भन्ने विषयमा सरकारका मन्त्रीहरुविच नै मत विभाजन भएको छ । केही मन्त्रीहरुले स्वास्थ्य संकटकाल लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन भने केही मन्त्रीहरुले कोरोनाको संक्रमण दर तिब्र गतिमा बढ्दै गएकाले अस्पतालहरुमा विरामी राख्ने ठाउँसमेत नभएकाले कर्फ्यू लगाउने सुझाव दिएका थिए ।

लकडाउन खुकुलो गरेपछि पनि विभिन्न समयमा जोर विजोर नम्वर प्रणाली लागु गरेको थियो । सरकारले जारी गर्ने कर्फ्यूमा आपतकालीन सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरु पूर्ण रुपमा बन्द हुने छन् । अत्यवाश्यक बाहेकका काम बाहेक अन्य कामका लागि बाहिर जान नदिन गरि सरकारले कफ्र्यु लगाउने भएको हो ।

देशभरि कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्यामा एकाएक बृद्धि आएकाले सरकारले कफ्र्यु लगाउने विषयमा छलफल भएको खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले अर्थपथलाई जानकारी दिईन् ।

हाल देशभरिका केहि स्थानिय तहमा कोरोना संक्रमितको संख्या बढेको भन्दै लकडाउन जारी नै राखेका छन् । यसअघि केन्द्रिय सरकारले लकडाउन नलगाउने तर कारोना संक्रमितको संख्या २ सय जना भन्दा बढि भएका जिल्लामा लकडाउन लगाउन सकिने बताएको थियो ।

सरकारले यसअघि चैत्र ११ गते कोरोना रोकथाम तथा उपचार गर्नका लागि लकडाउन जारी गरेको थियो करिव ४ महिनासम्म लगाएको थियो । तर सरकारले लगाएको लकडाउनको समयमा नै कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको थियो ।

त्यस्तै सरकारले असार ७ गते जारी लकडाउनलाई केहि खुकुलो गरेको थियो । लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्यामा झन बृद्धि भएकाले फेरि सरकारले भोलीदेखी कर्फ्यू लगाउने तयारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्