फुटको संघारमा जसपा, उपेन्द्र र ठाकुरपक्ष आरोप पत्यरोपमै « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

फुटको संघारमा जसपा, उपेन्द्र र ठाकुरपक्ष आरोप पत्यरोपमै



काठमाडौं । नेकपा एमाले जस्तै जनता समाजवादी पार्टी पनि फुटको संघारमा पुगेको छ । हाल पार्टीमा एकले अर्कोलाई आरोप–पत्यारोप लगाउने क्रम चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षमा लाग्ने दुई नेताको विवादले जनता समाजवादी पार्टी एकता प्रक्रिया पुरा नहुँदै फुटको संघारमा पुगेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष विपक्षी गठबन्धनमा लागेकाले बहुमत सांसदसहितका महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि पार्टीमा भांडभैलो सुरु भएको हो । उपेन्द्र पक्षले विपक्षी कांग्रेस सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि महन्थ पक्षले स्पष्टिकरण सोधेको हो । सरकारको पक्षमा लागेको भन्दै महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले पनि उपेन्द्र बाबुराम पक्षलाई स्पष्टिकरण सोधेको छ ।

अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन भने उपेन्द्र पक्षले पनि ठाकुर पक्षलाई ३ दिनभित्र चित्त बुझो जवाफ दिन काउन्टर स्पष्टीकरण सोधेको छ ।

जसपा केन्द्रिय कार्यालयले हिजो एक स्पष्टीकरण पत्र जारी गरेर महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई किन साथ दिएको भनेर प्रश्न गरिएको छ ।

पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुपस्थित भएको र गुटबन्दीपूर्ण क्रियाकलाप गरेको, छुट्टै कार्यालय सञ्चालन गरेको तथा राष्ट्रपति कार्यालय,निर्वाचन आयोग र संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु पठाउने कार्य किन गरेको जस्ता प्रश्न उक्त स्पष्टीकरण पत्रमा लेखिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्